खोटाङमा आफ्नै छात्रालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ ।
खोटाङमा आफ्नै छात्रालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयको कक्षा–७ मा अध्ययनरत छात्रालाई पटक–पटक करणी गरी गर्भवती बनाएको आरोपमा एक शिक्षक लाई पक्राउ गरी जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको छ । आफै कार्यरत विद्यालयकी १३ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका सोही विद्यालयमा कार्यरत ५८ वर्षीय शिक्षकविरुद्ध आइतबार मुद्धा दर्ता भएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । मुद्धा दर्ता गरेलगत्तै
















