खोटाङमा
खोटाङमा छुट्टा छुट्टै घटनामा २ को मृत्यु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको छ । देविप्रसादको करेसाबारी डुल्नेक्रममा माछापोखरीमा डुबेर (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । बिहान उठ्ने बित्तिकै करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब १५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । देविप्रसादको शव जिल्ला अस्पताल खोटाङ ल्याएर परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाकै केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएको
















