खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङ जिल्लालाई आगामी असार २२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना बालबालिकाले नियमित तथा १६ देखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ । जिल्लाका नौँ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिसकिएको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकालाई आज घोषणा गर्ने तयारी गरिएसंगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणाको बाटो खुलेको
















