खोटाङ सेवा समाज युकेले निःशुल्क श्वास्थ्य शिविर गर्ने
खोटाङ सेवा समाज युकेले जिल्लाका १० वटै स्थानिय तहमा एकसाथ निःशुल्क श्वास्थ्य शिविर गर्ने ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङ सेवा समाज युकेले “मातृभुमीको सम्मान,श्वास्थ्य श्रमदान अभियान” भन्ने मूल नाराका साथ जिल्लाका १० वटै स्थानिय तहमा एकसाथ निःशुल्क श्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । खोटाङमा जन्मिएर विभिन्न कामको शिलसिलामा बेलायतमा बसोबास गर्ने खोटाङ्गेहरुले जिल्लाको स्वास्थ्य समस्यालाई मध्यनजर गरी बिभिन्न समयमा एम्बुलेन्स एबं महामारीका बेला स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएकोमा यस पटक भने हाल सम्मकै बृहत श्वास्थ्य शिविर जिल्लाभरीका १० वटै स्थानिय तहहरुको ११ स्थानमा एकसाथ सञ्चालन गर्न लागेको प्रविधिक संयोजक मिलनचन्द्र खनालले जानकारी दिनुभयो । आगामी चैत्र १६ देखी २३ गते सम्म सञ्चालन हुने
















