खोटेहाङले सम्पन्न गर्यो
खोटेहाङले सम्पन्न गर्यो सार्वजनिक सुनुवाई ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको खोटेहाङ गाउँपालिकाले आफ्नो बार्षिक गतिविधीको पारदर्शिताको लागि नागरिकहरुमाझ जवाफदेही बन्ने हिषावले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि बैशाख महिनासम्म सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरेको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले जानकारी दिनु भएको छ । किरात कोशी संञ्चार प्रालिको संयोजन तथा सहजीकरणमा सोमबार दिउँसो गाउँपालिकाको प्राङगणमा भएको सार्वजनिक सुनुवाईमा चारजना वक्ताले गाउँपालिकाको सेवा प्रवाह, सुशासन, पारदर्शीता, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, बाँदर आतंक, सडकलगायतका विकासको विषयमा प्रश्नहरु उठाएका थिए
















