खोटेहाङ गाउँपालिकाले
खोटेहाङ गाउँपालिकाले उत्कृष्ट कृषकसहित,उपभोक्ता, विद्यार्थी, शिक्षक कर्मचारीलाई पुरस्कृत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटेहाङ गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले पुरस्कृत गरेको हो । गाउँपालिकाभरी सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं.–७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं. १ लिकुवापोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं. ३ सावाकटहरेका बलजित राई तथा पशुपञ्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं.
















