गणतन्त्र चिन
चीनमा एक करोडभन्दा बढीलाई रोजगारी उपलब्ध गराउने गरी सय दिने भर्ती अभियान
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गणतन्त्र चिनले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू गर्नेछ । लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ
















