गणतन्त्र दिवस
टुँडिखेलमा नेपाली सेनाले अयोजना गर्ने गणतन्त्र दिवसमा बालेनले सम्बोधन नगर्ने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । टुँडिखेलमा नेपाली सेनाले अयोजना गर्ने गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्र साहले सम्बोधन नगर्ने भएकाछन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको आजको दिनलाई गणतन्त्र दिवसको रूपमा सरकारले सार्वजनिक बिदा दिने गरेकाे छ । यसै अवसरमा सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ । सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ
















