गर्मी अझै बढ्ने
गर्मी अझै बढ्ने, लू को कारण जनजीवन प्रभावित ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढ्नुका साथै अझै केही दिन गर्मी बढ्ने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ । पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा
















