गोली प्रहारबाट क्याम्पस प्रमुख
अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको हत्या
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अज्ञात समूहको गोली प्रहारबाट बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्या भएको खबर प्राप्त भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । हत्यामा संलग्न दुईजनालाई प्रहरीले अनुसन्धानको लागि पक्राउ
















