घटनामा संलग्नलाई पक्राउ
टोकियोमा पेपर स्प्रे हानेर १८ घाइते, घटनामा संलग्नलाई पक्राउ
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको राजधानी टोकियोमा पेपर स्प्रे पिरने पदार्थ हानेर १८ जना घाइते भएकाछन्, घटनामा संलग्नलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । शनिबार भएको उक्त घटनामा घाइतेहुनेहरूमा एउटा नवजात शिशु समेत रहेको छ भने उनीहरूले आँखामा जलन र घाँटीमा समस्या महसुस गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४६ वर्षीय व्यक्ति टोकियो निवासी हुन् । उनले आरोप स्वीकार गर्दै भनेका छन् कि एउटा बेन्चमा बसिरहेको बेला करिब ४० वर्षको एक व्यक्तिसँग ठोक्किएपछि रिसको आवेशमा स्प्रे छर्किएका थिए । यो घटना शिबुया हिकारिए नामक अग्लो भवनको सातौँ
















