चन्द्रमामा अन्तरिक्ष यानको
चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्या
Lokmani Rijal
देश पोष्ट /जापान । सन् २०१२ मा अवतरण भएको मानवरहित ’क्युरिओसिटी रोभर’ को टायर पङ्चर भएको घटनाले वैज्ञानिकहरुलाई चिन्तित बनाएको बीबीसीले जनाएको छ । त्यो रोभरका अल्युमिनिअमबाट बनेका छ वटा कठोर टायरहरू एक वर्षमै फाट्नुका साथै प्वाल परेको पुष्टि भएपछि चन्द्रमामा लामो यात्रा र धेरै समय टिक्ने टायर कसरी बनाउने भन्ने चिन्ता बढेको छ । वैज्ञानिकहरुले चन्द्रमामा अवतरण गरेर त्यहाँबाट मङ्गल ग्रहतर्फको यात्रा तय गर्न सकिने बताइरहेका बेला चन्द्रमामै टाय पङ्चर भएपछि त्यो भन्दा अगाडीको यात्रा निकै पर धकेलिने सम्भावना रहेको फ्रान्सेली टायर निर्माता मिशलिनका प्रमुख कार्यकारी फ्लोरन्ट मेनगलाई उद्धृत
















