चाँगुनारायण
२ अर्ब ८ करोडको बजेट सहित १५ औं चाँगुनारायण नगरसभा सम्पन्न ।
Lokmani Rijal
देश पोष्ट /भक्तपुर । २ अर्ब ८ करोडको अनुमानित बजेट प्रतुत गर्दै १५ औं चाँगुनारायण नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाको सभाहलमा सोमबार आयोजित नगर सभाले आगमी आर्थिक वर्ष २०८१–८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गर्नु भएको हो । चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले आगमी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएसंगै उक्त नीति तथा कार्यक्रमको आधारमा निर्माण
















