चित्तपोलमा जेष्ठ नागरिक सम्पर्क कार्यालय स्थापना
चित्तपोलमा जेष्ठ नागरिक सम्पर्क कार्यालय स्थापना
Lokmani Rijal
देश पोष्ट /भक्तपुर । भक्तपुरकोे सूर्यविनायक नगरपालिका–१०, चित्तपोलमा हिजाे वडा स्तरीय जेष्ठ नागरिक समन्वय समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको अवलोकन तथा निरीक्षणका क्रममा नगर प्रमुख बासुदेव थापाले कार्यालय सञ्चालनका लागि टेबल, कुर्सी लगायत भजन–कीर्तनका लागि आवश्यक बाद्यबादन सामग्री जेष्ठ नागरिक समन्वय समितिलाई हस्तान्तरण गर्नुभएको वडाध्यक्ष शिबराम राउतले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति प्रशुराम पाण्डे लगायतको उपस्थिति रहेको थियो । जेष्ठ नागरिक समन्वय समितिका संयोजक राजकुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । १० वटै
















