चिनी आयात
चिनी आयातमा ५० प्रतिशत भन्सार छुट
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपालीहरुको महान चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट सुविधा दिएर चिनी ल्याउने व्यवस्था गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्ने सुविधा दिने निर्णय गरेको हो । उद्योगी–व्यवसायीले चाडपर्वमा अभाव सिर्जना गराई चिनीमा मनोमानी मूल्य लिने सम्भावना देखिएपछि भन्सार छुट दिएर आयात गर्ने निर्णय भएको सरकारले जनाएको छ । अब चाडपर्वमा चिनीको अभाव नहुने र महँगो पनि नपर्ने सरकारले दाबी गरेको छ । चिनी
















