चिनी निर्यातमा प्रतिबन्ध
भारत सरकारद्धारा सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ। भारत सरकारले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन भन्दै सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । यता नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा सञ्चालित चिनी उद्योग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग गरी करिब ८ महिनाको माग धान्न सक्ने चिनी उपलब्ध रहेको दाबी गरेको छ । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ । ‘चिनी उद्योगीहरूले बजारमा ६०–७० हजार टन मौज्दात रहेको र यसले खासै असर नपर्ने दाबी गरे
















