चीनले ’तियानवेन–२’ अन्तरिक्षयान प्रक्षेपण गर्दै
चीनले ’तियानवेन–२’ अन्तरिक्षयान प्रक्षेपण गर्दै
Lokmani Rijal
देश पोष्ट /जापान । पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरूबीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमूना सङ्कलन गर्न चीनले ’तियानवेन–२’ नामक अन्तरिक्षयान भोली बिहीवार प्रक्षेपण गर्ने घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ’२०१६ एच ओ ३’ नामक क्षुद्रग्रह सन् २०१३ मा हवाई टापुमा रहेको एउटा तारादर्शक यन्त्रले पत्ता लगाएको थियो । ’तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो जसले पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ग्रहपथको पुच्छ्रेताराको अध्ययन गर्ने उद्देश्य राखेको छ । क्षुद्रग्रहहरूमा अत्यन्त पुराना र जस्ताको तस्तै रहेका तत्त्वहरू हुने भएकाले ती
















