चुनावमा भोट माग्ने दिक्तेल–दुम्ली सडक स्थानियद्धारा जनश्रमदान
चुनावमा भोट माग्ने दिक्तेल–दुम्ली सडक स्थानियद्धारा जनश्रमदान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । प्रत्येक निर्वाचनमा मेयर लगायत वडाध्यक्षले भोट माग्नका लागि देखाउने दिक्तेल दुम्ली सडक ब्यबस्थीत नभएपछी स्थानियहरुनै जनश्रमदानमा जुटेकाछन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्रै महिना यातायात सञ्चालन गर्न स्थानीयले जनश्रमदान अभियान सुरु गरेको जनाएकाछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कदेखि मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी बन्ने गरेका छन् । दैनिक
















