चेलीलाई उपहार अभियान’ चलाउने
यस बर्ष पनि खोटाङमा युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ चलाउने
Lokmani Rijal
देश पोष्ट /खोटाङ । अघिल्लो बर्ष देखी दशै तिहारको बेला माइती जान यातायातको अभाव भएका चेलीलाई निशुल्क बाइक राइड गरेर माइती सम्म पुर्याउन थालेका खोटाङका युवा समूहले यो बर्षपनि ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ चलाउने भएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउनेगरी अभियान सञ्चालन गर्ने भएको पत्रकार सम्मेलन मार्फत जनाएको छ । दसैँको अवसरमा यही असोज–१६ गतेदेखि १९ गतेसम्म तथा तिहारको अवसरमा आगामी कातिक–५ गतेदेखि ७ गते अभियान
















