छठ
तिहार सकिए लगत्तै छठको रौनक शुरु
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । हिजो (सोमबार)देखि हिन्दू नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । यस पर्वमा आवश्यक पर्ने बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेल गर्नेको भीड
















