जनार्दनलाई आत्मालोचना गर्न सुझाव
माओवादी बैठकमा बोल्ने २५ नेताहरूले जनार्दनलाई आत्मालोचना गर्न सुझाव
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित २५ जनाले धारणा राखेका छन् । जसमध्ये अधिकांशले उपमहासचिव शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत राखेका छन् । यसअघि उपमहासचिव शर्माकै पक्षमा मत राख्दै आएकाहरूले समेत यसपटक आलोचना गरेका स्रोतले अनलाइनखबरलाई बतायो । ‘यसअघि जनार्दन शर्माकै पक्षका भनिएका स्थायी कमिटी
















