जपानको आर्थिक सुरक्षा
जपानको आर्थिक सुरक्षा सुदृढीकरण कार्ययोजना संशोधन गर्ने तयारी
Lokmani Rijal
देश पोष्ट/ जापान । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले छिट्टै आर्थिक सुरक्षा सुदृढीकरणसम्बन्धी कार्ययोजनालाई संशोधन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय परिस्थितिहरू झन् जटिल बन्दै गइरहेका बेला, यस योजनामा अमेरिका र चीनबीचको द्वन्द्वले विश्व अर्थतन्त्रलाई खण्डित बनाउने खतरा रहेको उल्लेख गर्दै, विश्वका लागि अपरिहार्य हुने स्वदेशी प्रविधिको विकास र प्रवर्धन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले पहिल्यैदेखि आर्थिक सुरक्षा सुदृढीकरणका लागि कार्ययोजना सार्वजनिक गर्दै आएको भए पनि हालैको अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै, यो योजना संशोधन गर्न लागिएको हो । संशोधित योजनामा, अमेरिका र चीनबीचको भन्सार
















