जपानमा स्मार्टफोन उपग्रह सेवा सुरु
जपानमा स्मार्टफोन उपग्रह सेवा सुरु
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा पहिलोपटक स्मार्टफोनले सिधै उपग्रहसँग जडान भई जापानका दुर्गम बस्तीहरूलाई पनि डिजिटल पहुँचमा ल्याउने उद्धेश्यले सेवा प्रवाह हुने भएको छ । जापानको केडिडिआई कम्पनीले अमेरिकाको स्पेसएक्सद्वारा सञ्चालन गरिरहेको स्टारलिंक उपग्रह नेटवर्कसँग सिधा कनेक्सनमार्फत स्मार्टफोन सेवा सुरु गरेको हो । जापानभर मोबाइल सञ्जाल नपुगेका दुर्गम स्थानहरू—जस्तै पहाड, टापु वा समुद्रको बीचमा—समेत अब केही किसिमका सन्देश पठाउन र प्राप्त गर्न समस्या हुनेछैन । एयु ब्रान्डका केडिडिआईका ग्राहकहरूले हाललाई यो सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै आवेदन आवश्यक छैन, तर प्रयोगकर्ताले स्टारलिंक सँग अनुकूल अन्य स्मार्टफोन
















