जम्मू–कश्मिरमा हमला
जम्मू–कश्मिरमा आतंकवादी हमला, २६ जनाको मृत्यु
Lokmani Rijal
देश पोष्ट /जापान । भारतको जम्मू–कश्मिर स्थीत पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको जनाएको छ । मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । घटनास्थलसम्म हिँडेर वा घोडाबाट
















