जापानको निगातामा ५१ वर्षीय व्यक्ति पक्राउ
४० बढी साइकल चोरीको स्वीकार सहित जापानको निगातामा ५१ वर्षीय व्यक्ति पक्राउ
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको निगाता प्रिफेक्चरको निगातामा पछिल्ला चार वर्षको अवधिमा ४२ वटा साइकल चोरेको स्वीकार सहित जापानको निगातामा ५१ वर्षीय व्यक्ति पक्राउ परेकाछन् । गत एप्रिल २ तारिखमा एक सामान्य सडक जाँचको क्रममा प्रहरीले उनलाई रोकेका थिए। जाँच गर्दा उनले चढिरहेको साइकल चोरी गरिएको पुष्टि भएपछि उनलाई तुरुन्तै पक्राउ गरियो। त्यसपछि प्रहरीले उनको घर खानतलासी गर्दा ५० भन्दा बढी साइकलहरू भेट्टाएको छ, जसको मूल्य १० लाख येनभन्दा बढी रहेको अनुमान गरिएको छ । पक्राउ परेपछि उनले भनेकाछन् “म विभिन्न साइकलका पाट्र्स संकलन गरेर आफूले चाहेको साइकल बनाउन चाहन्थेँ
















