जापानको माथिल्लो सदन निर्वाचन प्रचार प्रसार सुरु
जापानको माथिल्लो सदन निर्वाचन प्रचार प्रसार सुरु
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको माथिल्लो सदन निर्वाचन प्रचार प्रसार अभियान औपचारिक रुपमा बिहीबारबाट सुरु भएको छ । लिबरल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बनेका शिगेरु इशिबाका लागि बढ्दो महँगी नियन्त्रण गर्न नसक्दा यो निर्वाचन सबैभन्दा ठूलो चुनौती बनेको बिश्लेषकहरुको भनाई रहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार सम्बन्धी वार्तामा दबाब बढाउँदै लगेका कारण यो निर्वाचन विशेष संवेदनशील बनेको राजनीतिक बिश्लेषकहरुको आँकलन रहेको छ । यस पटकको माथिल्लो सदनको निर्वाचनका पाँच महत्वपूर्ण पक्षहरू प्रस्तुत गरिएपनि देशभर बढ्दो मूल्यवृद्धि, उपभोग्य वस्तुहरूको महँगी र जीवनयापन खर्चको चापसँग जुध्न सरकार असफल भएको जनमानसमा देखिन्छ
















