जापानको “लिभिङ कन्डिसन डिफ्युजन इन्डेक्स” माइनस ५७.२
जापानको “लिभिङ कन्डिसन डिफ्युजन इन्डेक्स” माइनस ५७.२
Lokmani Rijal
देश पोष्ट /जापान। बैंक अफ जापानले सार्वजनिक गरेको जुन महिनाको त्रैमासिक सर्वेक्षणमा जापानको “लिभिङ कन्डिसन डिफ्युजन इन्डेक्स” माइनस ५७.२ देखिएको छ । मार्चमा गरिएको अघिल्लो सर्वेक्षणमा यो अंक माइनस ५२.० थियो । जुन सर्वेक्षण अनुसार, आफ्नो जीवनस्तर झन् खराब भएको भन्ने उत्तरदाताको अनुपात ५.१ प्रतिशत विन्दुले बढेर ६१.०% पुगेको छ।त्यसैगरी, “जीवनस्तर सुधारिएको” भन्ने जनसंख्या ०.१ प्रतिशतले घटेर मात्र ३.८% मा सीमित भएको देखिएको छ । जीवन झन् कठिन भएको अनुभव गर्ने उत्तरदातामध्ये ९३.७ प्रतिशतले मूल्यवृद्धिलाई मुख्य कारणका रूपमा उल्लेख गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये ७०.५ प्रतिशतले देशको समग्र आर्थिक अवस्था
















