जापानको सत्तारुढ दल एलडीपी नेतामा ताकाइची विजयी
जापानको सत्तारुढ दल एलडीपी नेतामा ताकाइची विजयी, जापानले पाउने भयो पहिलो महिला प्रधानमन्त्री
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको सत्तारुढ दल एलडीपी नेतामा पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइची बिजयी भएसंगै जापानको इतिहाँसमा पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएको छ । जापानमा लैङ्गिक समानताको मामिलामा अन्तर्राष्ट्रिय आलोचना भइरहँदा पुरुषप्रधान एलडिपीको पहिलो महिला नेताको रूपमा ताकाइचीको निर्वाचन ऐतिहासिक मानिएको छ । उहाँ पार्टीभित्रकी एक कट्टर रूढीवादी नेत्रीका रूपमा चिनिनुहुन्छ । ताकाइचीले पूर्व कृषिमन्त्री सिन्जिरो कोइजुमीलाई पराजित गर्दै अध्यक्ष पद जित्नुभएको हो । उहाँले प्रधानमन्त्री सिगेरु इसिबाको स्थान लिनुहुनेछ । इसिबाले हालैको चुनावी हारपछि राजीनामा दिनुभएको थियो । एलडीपीले संसद्को तल्लो सदनमा बहुमत कायम राखेकाले विपक्षीहरू कमजोर
















