जापानको समुद्रतर्फ ठूलो भूकम्प आउने सम्भावना १८ प्रतिशत
जापानको समुद्रतर्फ आगामी ३० वर्षभित्र ७ म्याग्निच्युड वा सो भन्दा ठूलो भूकम्प आउने सम्भावना १८ प्रतिशत
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको समुद्रतर्फ आगामी ३० वर्षभित्र ७ म्याग्निच्युड वा सो भन्दा ठूलो भूकम्प आउने सम्भावना १६ देखि १८ प्रतिशत रहेको जापानी सरकारी भूकम्प अनुसन्धान समितिले जनाएको छ । जापानको ह्योगोदेखि तोयामा प्रिफेक्चरसम्म फैलिएको केन्द्रीयदेखि दक्षिणी जापान समुद्र क्षेत्रमा सक्रिय समुद्री भूकम्पीय चिराहरू बाट भूकम्प आउने सम्भावना १६ देखि १८ प्रतिशत रहेको बताइएको छ । गत वर्ष सन् २०२४ को जनवरीमा गएको ७.६ म्याग्निच्युडको नोतो प्रायद्वीप भूकम्प ल्याउने नोतो प्रायद्वीप उत्तर तटीय भूकम्पीय चिरा क्षेत्रमा भने यही अवधिमा फेरि यति ठूलो भूकम्प आउने सम्भावना लगभग शून्य प्रतिशत रहेको
















