जापानको हिरोसिमामा
जापानको हिरोसिमामा ८० औं “परमाणु बम पीडित स्मृति तथा शान्ति प्रार्थना समारोह”
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको हिरोसिमामा अमेरिकाले परमाणु बम खसाएको दिनकाे स्मृतिमा ८० औं हिरोशिमा दिवस हिजो मंगलबार “परमाणु बम पीडित स्मृति तथा शान्ति प्रार्थना समारोह” का साथ सम्पन्न भएको छ । हिजो भएको शान्ति प्रार्थना समारोहमा प्रधानमन्त्री शिगेरु इशिबा सहित युरोपेली युनियन र विश्वभरका १२० देश÷क्षेत्रका सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बिहान ८ः१५ बजे परमाणु बम खसालिएको समयलाई स्मरण गर्दै ‘शान्तिको घण्टी’ बजाइएको थियो । सबैले एकैसाथ मौन धारण गरेका थिए । हिरोशिमाका मेयर काजुमी माचुईले शान्ति घोषणामा विश्वमा गहिरिँदो अस्थिरताको बीचमा युवा पुस्तालाई शान्ति र न्यूक्लियर हतियारविहीन
















