जापानमा आज ४० डिग्रीसम्मको उच्च गर्मीको सम्भावना
जापानमा आज ४० डिग्रीसम्मको उच्च गर्मीको सम्भावना
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा आज ४० डिग्रीसम्मको उच्च गर्मीको सम्भावना रहने मौसम पूर्वानुमान विभागले जनाएको छ । जापानको कान्तो र तोकाइ क्षेत्रका केही भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्ने सम्भावना रहेकाले, सरकारले निरन्तर हीटस्ट्रोक नियन्त्रणका लागि सतर्कता अपनाउन आह्वान गरेको छ । आज गुन्माको माएबाशी, साईतामाको कुमागाया, आईचीको नागोया र गिफुको गिफु शहरमा ३९ डिग्री तापक्रम पुग्नेछ । यामानासी प्रिफेक्चरको कोफु शहरमा पनि ३८ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ । यसका साथै विशेषगरी कान्तो र तोकाइ भित्री भूभागहरुमा ४० डिग्रीको हाराहारीमा तापमान कायम हुने सम्भावना रहेको छ
















