जापानमा आप्रबासीलाई स्वास्थ्य बिमा कडाई गरिने
जापानमा आप्रबासीलाई स्वास्थ्य बिमा कडाई गरिने
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा आप्रबासी एबं पर्यटकहरुलाई स्वास्थ्य बिमा कडाई गरिने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सन् २०२४ सेप्टेम्बरमा देशभरका करिब ५ हजार ५ सय स्वास्थ्य संस्थामार्फत गरिएको एक सर्वेक्षणअनुसार उक्त महिनामा ११ हजार ३७२ जना विदेशी पर्यटकले उपचार सेवा लिएकोमा ०.८ प्रतिशतले शुल्क नतिरेका कारण करिब ६१ लाख ३५ हजार येन बराबरको बक्यौता रहेको पाइएको थियो । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले अत्याधिक बक्यौता राख्ने विदेशी पर्यटकहरूको विवरण अध्यागमन सेवा निकाय लाई जानकारी गराउने जसले गर्दा भविष्यमा उनीहरूको जापान प्रवेशमा थप कडाइ गर्न सकिने उल्लेख गरेको
















