जापानमा इलिगल रुपमा बस्ने विदेशीको संख्या ७५ हजारभन्दा बढी
जापानमा इलिगल रुपमा बस्ने विदेशीको संख्या ७५ हजारभन्दा बढी
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा इलिगल रुपमा बस्ने विदेशीको संख्या ७५ हजारभन्दा बढी रहेको सन् २०२५ जनवरी १ को तथ्याङ्क सार्वजनिक भएको छ । भिषाको विविध समस्याको कारण अवैध रूपमा जापानमा बसोबास गरिरहेका यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ४ हजार २ सयले घटेको भए पनि, समग्रमा अझै पनि उच्चस्तरमै कायम रहेको उल्लेख गरिएको छ । जापानमा बसोबास गरिरहेका विदेशी कामदारहरूबीच अवैध रोजगारी बढ्न सक्ने खतरा कायमै रहेकाले, उनीहरूको उचित नियुक्ति र नियमअनुसारको रोजगारी सुनिश्चित गर्न भन्दै जुन १० तारिख, नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सचेतना अभियान सञ्चालन गरिएको छ ।
















