जापानमा ठुलो भुकम्प आउने अफवाहले ५ खर्ब ६० अर्ब येन क्षति
जापानमा ठुलो भुकम्प आउने अफवाहले ५ खर्ब ६० अर्ब येन क्षति
Lokmani Rijal
देश पोष्ट/जापान । जापानमा गत जुलाई ५ मा ठुलो भुकम्प आउने अफवाहले जनजिवनमा त्रास फैलिएपछी जापानको पर्यटनबाट हुने आम्दानीमा ५ खर्ब ६० अर्ब येनभन्दा बढीको गिरावट भएको अनुमान गरिएको छ । उक्त अफवाह एकजना लेखकले देखेको सपनालाई आधार बनाएर बनाइएको कमिक(माङ्गा) पुस्तकबाट फैलिएको थियो । उक्त पुस्तकमा “२०२५ को जुलाईमा ठूलो विपद् आउँछ” भन्ने उल्लेख छ, जुन चीन र दक्षिण कोरियामा समेत अनुवाद भई लोकप्रिय बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएपछि, सपना देखिएको मिति जुलाई ५ मा भूकम्प आउने भनेर हल्ला फैलियो । जसलाई जापान मौसम विज्ञान एजेन्सीले भकम्प
















