जापानमा नोरीको अभावले ‘ओनिगिरी’ व्यवसाय संकटमा
जापानमा नोरीको अभावले ‘ओनिगिरी’ व्यवसाय संकटमा
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा खाद्यवस्तुहरूको मूल्य आकाशिदै गएपछी जापानको चर्चित खाना ‘ओनिगिरी’ मा हालिने समुद्री साग ‘नोरी’ को मूल्यमा भएको तीव्र वृद्धिले ‘ओनिगिरी’ व्यवसाय सकंटमा परेको अध्ययनले देखाएको छ । यो वर्षको जुन महिनादेखि १९०० भन्दा बढी खाद्यवस्तुहरू महँगा हुने,जापानको निजी अनुसन्धान संस्था ‘तेइकोकु डाटा बैंक’ले गरेको अध्ययनमा सन् २०२५ को अन्त्यसम्म मूल्यवृद्धि हुने खाद्यवस्तुहरूको कुल संख्या दुई वर्षपछि पहिलोपटक २० हजार नाघ्न सक्ने प्रक्षेपण गरिएको छ । लगातार दुई वर्षसम्मको खराब उत्पादनका कारण नोरीको अभाव भएको र त्यसले मूल्य दोब्बर बनाएको छ । जापानको राष्ट्रिय मत्स्य सहकारी महासंघ
















