जापानमा पर्यटक
जापानमा ३ महिनामै १ करोड बढी पर्यटकहरु भित्रिए
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा पहिलो त्रैमासिकमै पर्यटकको संख्या १ करोड बढी रहेको तथ्यांक सार्बजनिक भएको छ । जापान राष्ट्रिय पर्यटन संगठन (JNTO) द्वारा बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार मार्चमै यो स्तरमा पुगेको हो । कमजोर येनका कारण हाल जापानमा अहिलेसम्मकै अभूतपूर्व पर्यटन आगमन देखिएको छ । गत महिनामा मात्रै व्यवसाय र घुमफिरका लागि जापान आएका विदेशीहरूको सङ्ख्या ३५ लाख पुगेको थियो । यससँगै पहिलो त्रैमासिकमा जापान भ्रमण गर्ने विदेशीहरूको कुल सङ्ख्या १ करोड ५ लाख ४० हजार पुगेको छ । गत वर्ष भने यो सङ्ख्या अप्रिल महिनामा मात्रै पुगेको
















