जापानमा (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै उपलब्ध हुने
जापानमा (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै उपलब्ध हुने
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार औषधि खरिद गर्दा अनिवार्य रूपमा फार्मासिस्टसँग प्रत्यक्ष भेटेर व्याख्या सुन्नुपर्ने र त्यसपछि फार्मासिस्टकै उपस्थितिमा त्यहीँ सेवन गर्नुपर्ने नियम लागू हुनेछ । यो औषधि सम्भोगपछि ७२ घण्टा भित्र सेवन गर्दा गर्भधारण रोक्ने सम्भावना उच्च हुने बताइन्छ । हालसम्म जापानमा यसलाई केवल चिकित्सकको प्रेस्क्रिप्सनमार्फत मात्र पाउन सकिन्थ्यो । यस कारण नागरिक समाज र अधिकार समूहहरूले
















