जापानमा “माइना– मेन्क्योस्यो कार्ड” नयाँ प्रणाली सुरु
जापानमा “माइना– मेन्क्योस्यो कार्ड” नयाँ प्रणाली सुरु
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा “माइना– मेन्क्योस्यो कार्ड” अर्थात् माइनम्बर कार्ड र चालक अनुमतिपत्र एकिकृत नयाँ प्रणाली आज सेप्टेम्बर १ देखि लागू भएको छ । अब माइना नम्बर कार्डको नवीकरण गर्दा, त्यसमा रहेको चालक अनुमतिपत्रको विवरणहरू पनि स्वचालित रूपमा अद्यावधिक (अपडेट) हुनेछन् । यसअघि माइना नम्बर कार्ड र चालक अनुमतिपत्र एकीकृत भए पनि दुवैको म्याद फरक–फरक हुने भएकाले, माइना नम्बर कार्ड नवीकरणको बेला फेरि प्रहरी कार्यालय वा सम्बन्धित निकायमा गई एकीकरण प्रक्रिया दोहोर्याउनुपर्ने बाध्यता थियो । यस समस्यालाई समाधान गर्न गरिएको प्रणाली सुधारपछि, अब माइना नम्बर कार्ड नवीकरण गर्दा स्वचालित
















