जापानमा मुद्रास्फीति तीव्र
जापानमा उपभोक्ता मुद्रास्फीति तीव्र
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा गत महिना उपभोक्ता मुद्रास्फीति तीव्र भएको तथ्यांकले देखिएको छ । शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ताजा खाद्य वस्तु बाहेकको उपभोक्ता मूल्य सूचकांक मार्चमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले बढेको जुन फेब्रुअरीमा भएको ३ प्रतिशत वृद्धिभन्दा तीव्र भएको भनिएको छ । जसको एक प्रमुख कारण चामलको मूल्यमा भएको तीव्र वृद्धि हो। यसले अमेरिकी शुल्कले आर्थिक दृष्टिकोणलाई धमिल्याउने खतरा देखिए तापनि जापानको केन्द्रीय बैंकले ब्याजदर बिस्तारै बढाउने योजनामा अडिग रहने संकेत दिएको अर्थशास्त्रीहरूको भनाई रहेको छ । यो वृद्धिदर ब्लूमबर्गले गरेको अर्थशास्त्रीहरूको अनुमानसँग
















