जापानमा रिफ्युजी भिषामा कडाई
जापानमा रिफ्युजी भिषामा कडाई
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा नक्कली कागजात पेश गरी शरणार्थि भिषा अनुमतिका लागि प्रयास गर्ने क्रम बढ्दै गएको भन्दै अधिकारीहरूले कडाई थालेको जानकारी प्राप्त भएको छ । हालसालै फर्जी शरणार्थी आवेदन पेश गरी जापानमा बसोबास अनुमति लिने प्रयास गरेको अभियोगमा नाम नखुलाउने सर्तमा एक नेपाली नागरिक पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ । पक्राउ पर्ने उक्त नेपाली नागरिकले आफु वास्तविक शरणार्थी नभएको,कागजातमा धार्मिक द्वन्दका कारण शरणार्थी बनेको भन्दै गलत विवरणसहित आवेदन पेश गरेको कारण पक्राउ गरिएको भनिएको छ । जापानी आप्रवासन अधिकारीहरूले कडाइका साथ अनुसन्धान गरेपछि उक्त व्यक्तिको गलत नीयत
















