जापानमा विद्युत महशुल बढ्ने
जापानमा अप्रिल महिना देखी विद्युत महशुल बढ्ने
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा सन् २०२५ को मार्च महिनाको प्रयोग (अप्रिलमा आउने बिल) देखि विद्युत दर बढाइएको छ । यसको प्रमुख कारण भनेको, सरकारी अनुदानको कटौती हो । अप्रिल महिनाको प्रयोग (मे महिनाको बिल) देखि भने यो अनुदान पूर्णरूपमा हटाइनेछ, साथै पुनःनवीकरणीय ऊर्जा प्रवद्र्धन शुल्क पनि बढ्नेछ । त्यसैले आगामी महिनाहरूमा थप मूल्यवृद्धि हुने निश्चित भएको जानकारी प्राप्त भएको छ । जापानमा बिजुलीको बिलमा चारवटा मुख्य तत्वहरू समेटिएको हुन्छ । १)मूल शुल्क २)विद्युत उपभोग शुल्क ३)इन्धन समायोजन शुल्क ४) पुनःनवीकरणीय ऊर्जा प्रवद्र्धन शुल्क । उदाहरणका लागि, टोकियो इलेक्ट्रिक पावर
















