जापानमा सस्तो चामल यसै साता देखी कन्विनिएन्स स्टोरहरूबाट बिक्री सुरु हुने
जापानमा सस्तो चामल यसै साता देखी कन्विनिएन्स स्टोरहरूबाट बिक्री सुरु हुने
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा चामलको मूल्य आकाशिएको बेला सस्तो सरकारी संचिती चामल ठूला सुपरमार्केटहरूले बिक्री सुरु गरिसकेको ले अव प्रत्यक्ष सम्झौता मार्फत जापानका कन्विनिएंस स्टोरहरुमा पनि यसै साता देखी बिक्री सुरु गरिने भएको छ । ठुला सुपरमार्केटहरूले बिक्री शुरु गरिसकेको कारण लगत्तै ठूला कन्विनिएन्स स्टोरहरू– अर्थात् फ्यामिलीमार्ट, लसोन र सेभेन–इलेभेनमा पनि यसै साताबाट बिक्री सुरु हुने भएको छ । सस्तो मूल्यका चामललाई १ केजी वा २ केजीको प्याकमा छुट्याएर बिक्री गरिनेछ, जसले गर्दा अधिक उपभोक्ताले सजिलै किनमेल गर्न सक्ने अपेक्षा गरिएको छ । फ्यामिलीमार्टले प्रत्यक्ष सम्झौताबाट १००० टन चामल
















