जापानमा स्कील सर्टिफाइड वर्करको माग बढ्दो
जापानमा स्कील सर्टिफाइड वर्करको माग बढ्दो ।
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा दक्ष श्रम शक्तिको अभाव समाधान गर्न “निर्दिष्ट सीप” भएका विदेशी कामदारहरुको माग बढ्दो रहेको छ । जापान सरकारले “निर्दिष्ट सीप” भएका विदेशी कामदारहरुलाई बसोबास अनुमति दिने कार्यक्रमअन्तर्गत थप तीन क्षेत्रलाई समावेश गर्ने तयारी गरिरहेको जनाएको छ । सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को यसै साता बसेको बैठकमा सरकारले क्षेत्रगत कार्यान्वयन नीति सार्वजनिक गरेको थियो । अब यो नीति विशेषज्ञ समितिबाट समीक्षा गरी सन् २०२५ को डिसेम्बर महिनामा मन्त्रिपरिषद्को बैठकमा स्वीकृत गराउने लक्ष्य छ । थप गर्न लागिएका तीन क्षेत्रहरूमा डिस्ट्रिब्युसन वेयरहाउस म्यानेजमेन्ट,होटल तथा अन्य आवास सुविधाहरूमा,
















