जापानमा ३९ प्रतिशत मानिसहरुमा एक्लोपन
जापानमा ३९ प्रतिशत मानिसहरुमा एक्लोपन
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा सन् २०२४ मा गरिएको एक सरकारी सर्वेक्षणले ३९ प्रतिशत मानिसहरुमा एक्लोपन महसुस भएको देखाएको छ । सन् २०२४ को सर्वेक्षणमा “बारम्बार वा सधैं,” वा “कहिलेकाहीँ मात्र” एक्लोपन महसुस गर्ने व्यक्तिहरूको संख्या ३९.३ प्रतिशत थियो, जुन सन् २०२३ को सर्वेक्षणको तुलनामा कुनै परिवर्तन आएको थिएन । सन् २०२१ देखि सुरु गरिएको यो अध्ययनमा यो आँकडा खासै परिवर्तन भएको छैन । यसपटकको सर्वेक्षणले पहिलो पटक स्मार्टफोनको प्रयोग र एक्लोपनको अनुभूतिबीचको सम्बन्ध पनि विश्लेषण गरेको थियो । दैनिक आठ घण्टाभन्दा बढी स्मार्टफोन प्रयोग गर्नेहरूमा १३.३ प्रतिशतले आफूले “बारम्बार
















