जापानलाई अमेरिकन चामल थप खरिद गर्न दवाव
जापानलाई अमेरिकन चामल थप खरिद गर्न दवाव
Lokmani Rijal
देश पोष्ट /जापान । जापानलाई अमेरिकाले थप चामल खरिद गर्नुपर्ने सर्त राख्दा, गत साताको जापान–अमेरिका द्विपक्षीय व्यापार वार्ता अवरुद्ध भएको निक्केई पत्रिकाले समाचारमा उल्लेख गरेको छ । निक्केईले नाम सार्वजनिक नगरि जापानी सरकारी अधिकारीहरूको हवाला दिँदै ट्रम्पको संशोधित आदेशमा जापानले अमेरिकी चामल बढी किन्ने प्रतिबद्धता समावेश गरिएको उल्लेख गरेको छ। एक अधिकारीले यस प्रस्तावलाई “जापानका आन्तरिक मामिलामा हस्तक्षेप” भन्दै आलोचना गरेका थिए । जापानका शीर्ष भन्सार वार्ताकारले बिहीबार अमेरिकाको भ्रमण अचानक रद्द गरेका थिए । उनले “प्रशासनिक तहमा छलफल गर्नुपर्ने केही बुँदाहरू बाँकी रहेको ” भन्दै कारण सार्वजनिक गरेका थिए
















