जापानी येनको भाउमा उल्लेख्य सुधार
जापानी येनको भाउमा उल्लेख्य सुधार
Lokmani Rijal
देश पोष्ट /जापान । हिजो सोमबार टोकियो विदेशी मुद्रा बजारमा येनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । अमेरिका र चीनबीच चर्किएको व्यापार विवादले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने चिन्ताले लगानीकर्ताहरूले डलर बेचेर येन किन्न थालेको हिजोको तथ्यांकले देखाएको छ । हिजो येनको भाउ १. १३ येनले मजबुत भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि “सम्झौता उल्लंघन” को आरोप लगाएपछि बजारमा अमेरिका र चीनबीच पुनः थप शुल्क लगाउने प्रतिस्पर्धा सुरु हुनसक्ने धएको भन्दै अमेरिकामा महँगी बढाउने र अन्ततः अर्थतन्त्रमा मन्दी ल्याउने अवस्था रहेको बिश्लेषकहरुको भनाई रहेको छ । विश्वको दुई
















