जापान सत्तारुढ दल एलडिपीको नेतृत्वको लागि ५ नेताको प्रतिस्पर्धा
जापान सत्तारुढ दल एलडिपीको नेतृत्वको लागि ५ नेताको प्रतिस्पर्धा
Lokmani Rijal
देश पोष्ट /जापान । जापान सत्तारुढ दल एलडिपीको नेतृत्वको लागि ५ नेताको प्रतिस्पर्धा हुने निस्चित भएको छ । निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको राजिनामा पछी नेतृत्व छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार उमेद्धारी मनोनयन गरेको थियो । नेतृत्वको प्रतिस्पर्धामा चार नेतासहित एक नेतृको प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको नेताहरुको भनाई रहेको छ । अक्टोबरको सुरुआतमा हुने मतदानबाट निर्वाचित नेतृत्वले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसद्मा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ । एलडिपी अझै पनि संसद्को सबैभन्दा
















