जापान सरकारले आप्रवासन नियन्त्रणमा राखेको
जापान सरकारले आप्रवासन नियन्त्रणमा राखेको दुई बिदेशी नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने टोकियो जिल्ला अदालतको फैसला
Lokmani Rijal
देश पोष्ट /जापान । जापान सरकारले आप्रवासन नियन्त्रणमा राखेको दुई बिदेशी नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने टोकियो जिल्ला अदालतले फैसला गरेको छ । टर्की र इरानका दुई जना विदेशी नागरिकलाई जापान सरकारले आप्रवासन नियन्त्रण केन्द्रमा लामो समयसम्म थुनेको विषयमा टोकियो जिल्ला अदालतले उक्त फैसला सुनाएको हो । यी दुई जना सन् २०१६ देखि २०२० सम्म धेरैपटक इबाराकी प्रान्तको उशिकु सहरमा रहेको आप्रवासन केन्द्रमा थुनिएका थिए । अहिले उनीहरू अस्थायी रूपमा रिहा भएका छन् र शरणार्थी मान्यता मागिरहेका छन् । आफ्नो स्वास्थ्य बिग्रिएको र अन्तर्राष्ट्रिय नियम उल्लङ्घन भएको भन्दै झण्डै ३ करोड येन
















