जापान सरकारले २ लाख टन चामल बजारमा पठाउने
जापान सरकारले २ लाख टन चामल बजारमा पठाउने
Lokmani Rijal
देश पोष्ट जा/पान । जापानमा चामलको मूल्यबृद्धी आकाशिएको बेला सरकारले चामलको उच्च मूल्य नियन्त्रण गर्न २ लाख टन चामल प्रत्यक्ष रूपमा खुद्रा विक्रेताहरूसँग सम्झौता गरेर बजारमा ल्याउने योजना बनाएको छ । यो चामल सन् २०२० र २०२१ को बालीबाट सङ्कलन गरिएका गरी १–१ लाख टन हुनेछ । २०२० को चामल खुद्रा पसलहरूमा ५ केजीको प्याकमा १७०० येन मूल्यमा बिक्री गरिनेछ भन्ने अपेक्षा गरिएको छ । यो निर्णयसँगै देशको चामल सञ्चित भण्डार लगभग १ लाख टनमा झर्नेछ, जुन अघिल्लो मार्च र अप्रिलमा लिलामीमार्फत चामल वितरण गर्नुअघि झन्डै ९.१ लाख टन रहेको
















