जिल्लाको उत्कृष्ट प्रधानाध्यापक सम्मान टिकाराम राईलाई
जिल्लाको उत्कृष्ट प्रधानाध्यापक सम्मान टिकाराम राईलाई
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको रावावेंसी-१, कुभिन्डे कालिका आधारभूत विद्यालय स्थीत दम्कुका प्रधानाध्यापक टिकाराम राईलाई खोटाङ जिल्लाकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरिएको छ । स्वर्गीय शिक्षक शुभशेर राईको चौथो वार्षिक स्मृतिमा स्व. शुभशेर राई स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा राईलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको हो । प्रधानाध्यापक राईको सबल नेतृत्वमा कालिका आधारभूत विद्यालयलाई यसै वर्षदेखि आवासीय विद्यालय बनाइएको छ । सामुदायिक विद्यालयलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गरेर उदाहरणीय कार्य गरेका राईले शिक्षा क्षेत्रमा अत्यन्त सराहनीय र रचनात्मक कार्यहरू गर्दै आएका छन् । सम्मान पाएपछि राईले आफूले पाएको
















